Logo

Breaking News 1

पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि छलफल भइरहेको छ : प्रधानमन्त्री दाहाल



काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि छलफल भइरहेको बताएका छन् ।

शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै उनले पार्टी एकताका लागि ठोस पहल गरिने पनि स्पष्ट पारे ।

आफ्नो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको भन्दै उनले समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने बताए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ४१ बजे