Logo

धर्म / संस्कृति

यस्तो छ आजको राशिफल



आज मिति २०८० असार १३ गते, बुधबार, २८ जुन २०२३ । आषाढ शुक्लपक्ष दशमी तिथि। चित्रा नक्षत्र, १२ः४० बजेपछि स्वाती। चन्द्रराशि– तुला।

यस्तो छ आजको राशिफल

मेष

भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ।

बृष

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

मिथुन

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

कर्कट

बेसुरमा गरिएकाे कामले पनि उपलब्धि दिलाउनेछ। टाढिएका आफन्तसँग मेलमिलाप वा भेट हुनेछ। अहिलेको फाइदाले पछिलाई घाटा हुन सक्छ।

सिंह

आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ काममा तत्काल जुट्न नसकिएला। आत्मविश्वास कमजोर हुनेछ।
कन्या
बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला। नयाँ जिम्मेवारी वहन गर्ने समय छ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ।
तुला
अध्ययनमा धेरै समय दिन नसकिएला। तापनि प्रयत्न गर्दा अवसर भने पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ।

वृश्चिक

फाइदाका लागि केही वस्तु त्याग्नुपर्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ।
धनु
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। आयस्राेत कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मकर
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ। मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ

कुम्भ

आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मीन

दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ५ : ४९ बजे