Logo

Breaking News 1

विश्वविद्यालय सञ्चालनको माग गर्दै अत्तरियामा डेउडा



धनगढी ।  कैलालीको अत्तरियास्थित बसपार्कमा विश्वविद्यालयको माग गर्दै डेउडा सुरु भएको छ ।

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा डेउडा खेल सुरु गरिएको हो । संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)का अनुसार शनिबार साँझ ५ बजेबाट अत्तरिया बसपार्कमा डेउडा सुरु भएको हो ।

डेउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिने छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ३० बजे