इस्लामाबाद । ग्रीसमा भएको भयानक डुङ्गा दुर्घटनामा तीन सयभन्दा बढी पाकिस्तानी नागरिकको मृत्यु भएको आशंका गरिएको छ । उक्त दुर्घटनापछि पाकिस्तान सरकारले मानव तस्करविरुद्ध कारबाही सुरु गर्दै देशका विभिन्न भागबाट १२ संदिग्धलाई पक्राउ गरेको छ ।
ग्रीसको तटमा करिब ७५० यात्रु बोकेको माछा मार्ने डुङ्गा पल्टिँदा धेरैको मृत्यु भएको हुन सक्ने जनाईएको छ । हालसम्म १२ जना पाकिस्तानी जीवितै फेला परेका छन् ।
‘सो दुर्घटनाले गैरकानूनी रूपमा युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने पाकिस्तानीहरूको दुर्दशालाई उजागर गर्यो’ सरकारका आलोचकहरुले टिप्पणी गरेका छन् । समाचार अनुसार दुर्घटनाग्रस्त डुङ्गामा ४ सय पाकिस्तानी, २ सय इजिप्ट र १ सय ५० सिरियाली नागरिक थिए ।
प्रतिक्रिया