Logo

खेलकुद

आईसीसी क्रिकेट : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । आज नेपाल र अमेरिकाबीचमा प्रतिस्पर्धा हुँदै छ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

घरेलु टोली जिम्बाबेसँग पराजित भए पछि नेपालले दोस्रो खेल अमेरिकासँग खेल्न लागेको हो । सो खेलका जिम्बाबेको राजधानी  हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ वाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उदेश्यसहित मैदानमा उत्रदैँछ । उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्योहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ । पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएकाे अमेरिका पनि पहिलो जित निकाल्नका लागि नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : १० बजे