Logo

मुख्य समाचार

अमेजन जंगलमा ४० दिन पछि फेला परेकाले भने, ‘आमा चार दिनसम्म जिवितै हुनुुहुन्थ्यो’



कोलम्बिया । अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार गरिएकी चार सन्तानकी आमा आफ्नो विमान दुर्घटनाको चार दिनसम्म पनि जीवित रहेको खुलेको छ । सो बिमान दुर्घटना पछि घाइते भएकी आमाले प्राण त्याग्नु अघि आफना सन्तानलाई यसवाट सुरिक्षत स्थानतर्फ जान र ठुली दिदीलाई भाई बहिनीहरुलाई सहयोग गर्न निर्देशन दिएको थिइन ।

वीवीसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत खोज्न भनेकी थिइन, किनभने उनको प्राण गईरहेको थियो । बालबालिकाका बुबा म्यानुएल रानोकले भने, ‘उनले जेठी छोरीले आमाले उनीहरूलाई दुर्घटनास्थलवाट बाहिर निस्कन र आफूलाई बचाउन आग्रह गरेकी रहेछिन’ अघिल्लो हप्ता १३, नौ, पाँच र एक वर्षका दाजुभाइको बिमान दुर्घटना भएको ४० दिनमा फेला पारे पछि गत शुक्रबार उद्धार गरी हेलिकप्टरबाट जंगलबाट बाहिर निकालिएको थियो ।

उनीहरुलाई देशको राजधानी बोगोटाको सैनिक अस्पतालमा लगिएको छ । अमेजनको अनाकन्टार जंगलमा बिताएका ४० दिन बिताएका उनीहरुको उपचार पछि अहिले सामान्य अवस्थामा फर्किन थालेका छन । ‘एउटा कुरा, १३ वर्षीया लेस्लीले मलाई भनिन, उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफनो सन्तानको हेरचाह गर्नुका साथै आफुलाई अस्पताल लैजान आफना छोराछोरीसँग भनेकी रहिछिन,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनाकण्टर जंगलमा रहेका बालबच्चाहरुले आफनो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ ।’

उनले आफनो प्राण त्याग्नु अघि आफना सन्तानलाई भनेकी रहिछिन, ‘तिमीहरू यहाँबाट निस्क, घरमा तिमिहरुलाई बुबाले कुरिरहनु भएको छ, तिमीहरुको अवस्था कस्तो छ भनेर बुवाले उत्सुक भएर कुरिरहनु भएको छ, मैले गरेको माया अब यहाँसम्म मात्रै हो भनेर प्राण त्यागे छिन’ उनले भावुक हुदैँ भने ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ३८ बजे