Logo

Breaking News 1

एमालेको रणनीति : मधेशको मत कोशीमा तान्ने, होला सफल ?



काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई एमालेले समेत विश्वासको मत दिएपछि त्यसले नयाँ बहश जन्माएको छ ।

सरकार गठन हुने समयमा सरकालाई सहयोग गरेको एमालेले केन्द्रमा बनेको गठबन्धनपछि मधेश प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएका थिए । तर एमालेले दोस्रोपटक यादवलाई विश्वासको मत दिएको हो ।

एमालेले विपक्षमा मत दिएको भएपनि मधेश प्रदेश सरकार ढल्ने अबस्था भने थिएन । एमालेले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिनुका अर्थ हो कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार टिकाइराख्ने रणनीति ।

कोशी प्रदेशमा जसपाको एकजना सांसद रहेकी छन् । प्रदेशसभामा समानुपातिक सांसद निर्मला लिम्बु जसपाबाट सांसद बनेकी छन् । उनी एमाले नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री थिइन् । लिम्बुले उनले जेठ १७ गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको घोषणा गरेकी थिइन् ।

यता जेठ २३ मा सरकारमै रहेको नेकपा माओवादी केन्द्र समेत कोशी प्रदेश सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेको छ । र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १७ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । मधेशमा जसपाका मुख्यमन्त्रीलाई विश्वासको मत दिएर कोशीमा आफुनो दल नेतृत्वको सरकार जोगाउने रणनीति एमालेको देखिएको छ ।

एमाले र जसपाका बिचमा मंसीर ४ गते सम्पन्न चुनावमा समेत गठबन्धन कायम थियो । अहिले मधेश प्रदेशबाट फेरी सहकार्यको प्रयास शुरु भएको आँकलन समेत शुरु भएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  १० : ३० बजे