Logo

अर्थ

इप्पानको अध्यक्षमा कार्की निर्वाचित



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगीसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

जेठ ३२ गते मतदान गर्ने कार्यतालिका रहेको थियो तर अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी खारेज भएपछि कार्की निर्विरोध अध्यक्ष बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुर्यप्रसाद अधिकारीको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि मोहन कुमार डाँगी निर्वाचित भएका छन् ।

इप्पानको संशोधित विधानअनुसार उनी अर्को कार्यकालको स्वतः अध्यक्ष बन्नेछन् । ५ जना उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परे पनि दुई जनाको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।

५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् ।

महासचिवका लागि दुई जनाको उम्मेदवारी परेकोमा एक जनाको योग्यता नपुगेपछि बलराम खतिवडा निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिवमा भने प्रकाशचन्द्र दुलालको एकल उम्मेदवारी परेपछि यस अघि नै निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ८ : ४५ बजे