Logo

Breaking News 1

ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु



अर्घाखाँची। अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।जिल्लाको भूमिकास्थान नगरपालिका- ७ किर्लुकमा रा १ त ४२९५ को ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको छ भने दुईजना घाइते भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी  दिए ।

 

रेग्मीका अनुसार सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको ट्याक्टर ब्रेक फेल भई सडक मै पल्टिएको थियो । दुर्घटनामा परि चालक ऐरावती गाउँपालिका-१ कोल्बोट, प्युठानका २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको हो भने सितगंगा नगरपालिका-७ दमारबेसी, अर्घाखाँचीका २३ वर्षीय कृष्ण आचार्य र प्युठान ऐरावती गाउँपालिका-१ बस्ने २२ वर्षीय माधव खत्री घाइते भएको प्रहरी निरीक्षक रेग्मिले जानकारी दिए ।

घाइते आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुई जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ११ : ३४ बजे