Logo

Breaking News 1

ट्रकको ठक्करबाट बालकको मृत्यु



चैतारा । सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार हेलम्बु गाउँपालिका–४ स्थित ग्याल्थुङमा मिनी ट्रकको ठक्करबाट  बराम्चेका ८ वर्षीय बालक शनिस तामाङको मृत्यु भएको हो ।

बा ४ ख ८७ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा मेलम्ची नगर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ४ : ४९ बजे