कञ्चनपुर । कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविकको झलारी गाविस–५ का लालबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् ।
उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्लाअदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते तीन दिन कैद तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिवार आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई आजकञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरी निरीक्षक बहादुर चन्दले बताए । यसअघि हिजैमात्र कञ्चनपुरमा एक जना ३१ वर्षपछि पक्राउ परेका थिए ।
प्रतिक्रिया