Logo

कला/साहित्य

शाहिदको ओटीटी पारिश्रमिक ४० करोड


२६ जेष्ठ २०८०, शुक्रबार  

69
Shares

मुम्बई। प्राइम भिडियोको राज एण्ड डीके निर्देशित फिल्म ‘फर्जी’बाट ओटीटी प्लेटफर्ममा पाइला चालेका अभिनेता शाहिद कपूर चाँडै नै अर्को फिल्म ‘ब्लडी ड्याडी’ मा देखिँदैछन् । यो फिल्ममा उनी फरक अवतारमा देखिँदैछन् । अली अब्बास जफर निर्देशित फिल्म जुन ९ मा जियो सिनेमामा रिलिज हुँदैछ ।

शाहिदले यो फिल्मका लागि ४० करोड पारिश्रमिक लिएका छन् । ‘वर्तमान अनिश्चित परिदृश्यमा कुन फिल्म हिट र कुन फिल्म फ्लप भन्ने टुंगो छैन । यो अवस्थामा उनले ब्लडी ड्याडीका लागि ४० करोड पारिश्रमिक लिएका छन् । महामारी पछिको कठिन अवस्थामा अधिकांश कलाकारले पारिश्रमिक घटाइरहँदा शाहिदको ब्राण्ड भ्यालु भने स्थिर नै छ’, फिल्म निकट स्रोतले भनेको छ ।

जियो सिनेमाले यो फिल्म निर्माणका लागि धेरै रकम खर्च गरेको छ । यो फिल्म हिन्दी फिल्मको इतिहासमा दुर्लभ शैलीको भएकाले पनि निर्माताले लगानीमा कन्जुस्याई गरेका छैनन् । पारम्परिक हिन्दी फिल्मको तुलनामा यो फिल्मको लुक्स र अनुभव, एक्सन सिक्वेन्स, भिजुअल र कथा अनौठो छ । पारिश्रमिकका विषयमा शाहिदले मुख खोलेका छैनन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  २ : ५५ बजे