काठमाडौं । क्यानडामा खालिस्तानीहरुले इन्दिरा गान्धीको बिरोधमा झाँकी प्रदर्शन गरेका छन । उनीहरुले क्यानडाको ब्राम्पटन क्षेत्रमा एउटा झाँकी निकालेका थिए, जसमा इन्दिरा गान्धीको हत्याको घटनालाई पनि झाँकीको रुपमा समावेश गरेका छन् ।
उनीहरुको अनुसार झाँकीमा यसलाई बदलाको रूपमा वर्णन गरिएको थियो। यो झाँकीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीय प्रयोगकर्ताहरूले यसको चर्को आलोचना गरिरहेका छन् । कांग्रेसले पनि यसको आलोचना गरेको छ ।
इन्दिरा गान्धीको हत्यालाई क्यानडाको झाँकीमा समावेश गरेकोमा कांग्रेसले कडा प्रतिक्रिया दिएको छ । कांग्रेसले भारतीय विदेशमन्त्री एस जयशंकरलाई यो विषय क्यानडा सरकारसमक्ष दृढताका साथ उठाउन माग गरेको छ । विदेशमन्त्री एस जयशंकरले पनि क्यानडा सरकारको आलोचना गर्दै त्यहाँ पृथकतावादी, कट्टरपन्थीहरूलाई संरक्षण दिइने बताए।
कांग्रेस नेता मिलिन्द देवराले ट्वीट गर्दैै भने, ‘यो पक्ष लिने कुरा होइन तर यो देशको इतिहास र प्रधानमन्त्रीको हत्याबाट भएको पीडाको सम्मानको कुरा हो।’ कांग्रेस नेता जयराम रमेशले पनि विदेश मन्त्रीलाई क्यानाडा सरकारसँग यो मामिला दृढताका साथ उठाउन आग्रह गरेका छन् ।
अमृतसरको गोल्डेन टेम्पलबाट आतंककारीहरूलाई धपाउन भारतीय सेनाले अपरेशन ब्लू स्टार सुरु गरेको थियो। यस अपरेशनको विरोधमा इन्दिरा गान्धीको आफ्नै गार्डले हत्या गरेको थियो।
प्रतिक्रिया