Logo

मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिल र जाहेरवाला वकिलको बहश सकियो



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकील र जाहेरवाला पक्षका वकिलहरूले बहस सकाएका छन् ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रुाद न्यौपानेको इजलाशमा आइतबारदेखि शुरु भएको थुनछेक बहसका क्रममा मंगलबारसम्म सरकारी वकिल र जाहेरवालाका वकिलको बहश सकिएको हो । बुधवार प्रतिवादी तर्फका वकिलहरूले बहस गर्नेछन् ।

उनीहरूको बहसपछि सरकारी वकिलको जवाफि बहस हुनेछ । त्यसपछि इजलाशले अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउने, धरौटी वा सामान्य तारेखमा छाड्ने भन्ने आदेश गर्नेछन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरूद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : ५३ बजे