Logo

कोशी

कोशी प्रदेश : माओवादीका २ मन्त्रीले दिए राजीनामा



काठमाडौं। कोशी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गरेका दुई मन्त्रीहरुले राजीनामा दिएका छन् । मंगलबार माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री हिक्मत बहादुर कार्की समक्ष राजीनामा बुझाएका हुन् ।कोशी प्रदेश सरकारमा मन्त्री भई कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनीतिक परिस्थितिका कारण नेकपा माओवादी केन्द्र पार्टीले तपाईंको नेतृत्वमा रहेको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेकोले तपाईंको सरकारमा रही निरन्तरता दिन नसक्ने अवस्था सिर्जना भएकोमा आजको मितिबाट लागू हुने गरी मन्त्री पदबाट राजीनामा गरेको छु,’ मन्त्रीद्वयद्धारा बुझाइएको राजीनामा पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ४ : १७ बजे