Logo

अर्थ

कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन



काठमाडौ । कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले जेठ १७ गतेदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन बुधबार बिहान १० बजे कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा खोलिनेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ११ : १४ बजे