Logo

कोशी

कोशी प्रदेशको सरकारको नेतृत्वमा दाबी गर्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको छ । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको हो ।

एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने निर्णय गरेको भएपनि मंगलबार बैठक बसेर थप निर्णय लिने जनाइएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ९ : ०५ बजे