Logo

खेलकुद

मलेसिया विरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालकाे जित



काठमाडौं । मलेसियासँगको ५ खेलको टी–२० क्रिकेट शृंखलामा नेपाल विजयी भएको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३–२ ले जितेको हो ।

नेपाललाई जिताउन सिता राना मगरले ३४ रन बनाइन् । रुबिना क्षेत्रीले २३ र अप्सरी बेगमले १५ रन बनाइन् । पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा १०९ रन जोडेको थियो ।

मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् । पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् ।त्यही ओभरमा कप्तान मास एलिसालाई कविताले जोशीले एलबीडब्लु आउट गरिन् ।

त्यसपछि वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । इश्वरी विष्टले १९औं ओभरमा माहिरालाई आउट गर्दै यो साझेदारी तोडिन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १२ : ११ बजे