Logo

खेलकुद

महिला टि–२०ः आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै



काठमाडौं। आज नेपाल र मलेसियासँग महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ ।

हालसम्म भएका तीन खेल मध्ये दुई खेलमा जीत हासिल गरेको नेपाल नेपाल २–१ ले अगाडि छ । आजको खेलमा पनि जीत हासिल गरेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलाको जीत हासिल गर्नेछ ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेलमा जीत हासिल गरेको थियो । जसअनुसार दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको नेपाल एक खेल अगाबै जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १ : ०५ बजे