Logo

Breaking News 1

भारतमा भयानक रेल दुर्घटना, दर्जनौंको मृत्यु, शोकको घोषणा



काठमाडौं । ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २८० भन्दा बढीको मृत्यु भईसकेको छ ।

दुर्घटनामा परेर ९ सयभन्दा बढी घाइते भएको बताइएको छ । दुर्घटनापछि ९२ अन्य ट्रेनहरू समेत प्रभावित भएका छन् ।

भारतीय रेल मन्त्री अश्विनी वैष्णवले ओडिशामा भएको रेल दुर्घटनामा क्षतिपूर्ति दिने घोषणा गरेका छन् । दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपुर्ति दिईने घोषणा उनले गरेका हुन् ।

यता ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन् । रेल दुर्घटनाको विषयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ओडिशाको भ्रमण गर्न लागेकी छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १२ : ४४ बजे