Logo

मुख्य समाचार

गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लियो : विजुक्छें



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लिएको बताएका छन् ।

गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँ अहिले धेरै राजाहरुले लिएको उनको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको दोह्याए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु देशद्रोही अपराधी भएको उनको भनाई थियो । पटकपटक अपराधी शव्द दोह्याएका उनले एकजना अपराधीको ठाउँंमा धेरै अपराधीहरु हुँदा देश यो स्थितिमा पुगेको उनकाे भनाइ छ ।

एउटा राजाको ठाउँमा धेरै राजाहरुले ठाउँ लिँदै आएको बताउँदै आएका उनले अपराधीहरुको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ती अपराधीहरुले नै देशलाई, जनतालाई दोह्याइरहेका छन् । यसकारण जनता सचेत हुनुपर्ने उनको धारणा थियो ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ८ : ४२ बजे