Logo

मुख्य समाचार

प्रचण्ड सरकारको मन्त्रिपरिषद् बैठक सुरु हुँदै



काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद् बैठक आज बस्दै छ । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताका शपथ ग्रहण अघि मन्त्रिपरिषद बैठक बोलाइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः३० बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न बैठक बिहानै बोलाइएको हो । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनियताको सपथ ग्रहण १० बजे हुनेछ ।


प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : ३९ बजे