Logo

खेलकुद

विश्वकप क्रिकेट छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग



काठमाडौं। आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।

नेपालले पहिलो खेल जिम्बावेविरुद्ध खेल्ने भएको हो। तालिकाअनुसार नेपालले असार ३ गते जिम्बावेसँग खेल्नेछ।

त्यस्तै दोस्रो खेल अमेरिकाविरुद्ध असार ५ गते खेल्नेछ भने असार ७ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।

सहूमचरणको खेलअघि नेपालले दुइटा अभ्यास खेल खेल्ने भएको छ। नेपालले जेठ ३० गते युएईविरुद्ध र जेठ ३२ गते ओमानविरुद्ध अभ्यास खेल खेल्नेछ।

राष्ट्रिय खेलकुद परिषद (क्यान)ले जिम्बावे टूरका लागि नेपालको प्रारम्भिक टोली सोमबार घोषणा गरेको छ। टोलीमा रोहित पौडेलको कप्तानीमा २२ जना समेटिएका छन्।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ४ : ५८ बजे