Logo

मुख्य समाचार

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ



काठमाडौँ । लुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बनेका चन्द्रकेश गुप्ता र जसपाका तर्फबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

तीनै जना मन्त्रीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आजै मन्त्रीमा नियुक्त गरेका थिए । योसँगै लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डाक्टर बुद्धबहादुर थापाले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ८ : ५९ बजे