Logo

Breaking News 1

संसद्का दुवै सदनको बैठक बस्दै



काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेका  सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८० ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ । बैठक अपरान्ह १:०० बस्ने छ ।

सरकारको नीति तथा कार्यक्रम माथीको छलफल आज पनि जारी रहने भएको छ । प्रतिनिधिसभा बैठकमा  गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने भएको हो ।

हिजोदेखि सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।आज पनि सोही नीति तथा कार्यक्रम माथी छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ६ : ३५ बजे