Logo

प्रविधि

सामसङले पनि च्याटजीपीटीजस्तै एआई ल्याउने



काठमाडौं । सामसङले च्याटजीपीटीजस्तै एआई प्लेटफर्म ल्याउने तयारी गरेको छ ।

यसअघि माइक्रोसफ्ट र गुगलले एआई जेनेरेटिभ प्लेटफर्महरू ल्याइसकेका छन् । सामसङले ल्याउन लागेको एआईका लागि नाभेरसँग सहकार्य गरेको छ ।

सामसङले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित चिप्स र अन्य उपकरण उत्पादन गर्न कोरियाली कम्पनी नाभेरसँग साझेदारी गरेको छ । यी चिप्स र उपकरणहरू वर्षको अन्त्यमा जारी गरिने बताइएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ९ : ०९ बजे