Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरण : रिजाल र मियाँको बयान आज



काठमाडाैं । सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लोपटक पक्राउ परेका दुई जनाको बयान शनिबार लिने भएको छ । बिहीबार समातिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हज कमिटीका अध्यक्ष शमशेर मियाँको आज बयान हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएकाे छ ।

अदालतमा मुद्दा दायर गर्नुपर्ने समय थोरै भएका कारण आज शनिबार पनि बयान लिन लागेको  जनाइएकाे छ । संगठित अपराधका आरोपितविरुद्ध ६० दिनभित्र अनुसन्धान सकेर अभियोजन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

सरकारी वकिल कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान प्रतिवेदन बुझाउन ताकेता गरे पनि अभियुक्त प्रक्राउ पर्ने क्रम जारी रहेकाले ढिलाइ भएको हो । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १० : २५ बजे