Logo

अर्थ

भारतीय २ हजारको नोट ४ महिनापछि नचल्ने



काठमाडौं । भारतको केन्द्रीय बैंकले २ हजार रुपैयाँका नोट फेरी नचलाउने निर्णय गरेको छ । रिजर्भ बैंक अफ इण्डियाले सूचना जारी गर्दै आगामी सेप्टेम्बर ३० सम्म बैंकहरूमा २ हजारको नोट रूपान्तरण सकिने र एक पटकमा केवल १० नोटहरू परिवर्तन सकिने जानकारी समेत दिएको छ ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो । तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो ।

२ हजारको नोट पहिलो पटक नोभेम्बर २०१६ मा जारी गरिएको थियो । साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८ देखि २ हजारका नोट छाप्न रोकिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : २१ बजे