Logo

Breaking News 1

राप्रपा केन्द्रिय समिति बैठक आज पनि जारी, केन्द्रिय सदस्यलाई आज जवाफ दिइने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक आज पनि बस्दै छ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिइदैछ ।

अध्यक्ष लिङ्देनले पेश गरेकाे राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले राखेकाे धारणाकाे जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिजाेकाे बैठक ९ घन्टासम्म चलेकाे थियाे भने सबै केन्दिय सदस्यहरुले ३-३  मिनेटमा आपःनाे धारणा राखेका थिए ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि बिदेशी संलग्न रहेको, प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभावका रहने गरेको र जसकाकारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुदाँ उल्लेख गरेर प्रतिवेदन पेश गरेका छन् ।

भ्रष्टचारको बिरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका अध्यक्ष लिङदेनले मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको निष्कर्षसहित पेश गरेका प्रतिवेदनमा हिजो केन्द्रिय सदस्यहरुले आ-आफनो धारणा राखेका थिए । जसअनुसार अध्यक्षको प्रतिवेदनको केही बुदाँहरु संसोधन गर्नुपर्ने केन्द्रिय सदस्यहरुको धारणा रहेको थियो ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ७ : ०७ बजे