Logo

मुख्य समाचार

तिलगंगा आँखा अस्पताललाई मानिक विश्वविद्यालय बनाइने



काठमाडौं । सरकारले तिलगंगा आँखा अस्पताललाई मानिक विश्वविद्यालय बनाउन विधेयक तर्जुमा गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक तर्जुमा गर्न स्वीकृत प्रदान गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गत माघमा तिलगंगा आँखा अस्पतालका निर्देशक डाक्टर सन्दूक रूइत र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको भेटवार्ता प्रधानमन्त्रीले अस्पताललाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता दिएका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ८ : ०९ बजे