काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने घटाएको छैन । नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
ईण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । घटेको मूल्यअनुसार डिजेल र मट्टितेलको प्रतिलिटर १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
प्रतिक्रिया