Logo

खेलकुद

शहिद स्मारक लिग : रंगशालामा दुई र च्यासलमा एक खेल हुँदै



काठमाडाै‌ं । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई विभागीय टोली बिच प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लक एक आपसमा भिड्नेछ न् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, दशरथ रंगशालामा दिउँसो ३ बजे पहिलो खेल सुरु हुनेछ, जुन खेलमा थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाईज भिड्ने छन् । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ८ : ४४ बजे