काठमाडौं । जिल्ला अदालत, काठमाडौंले टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई तीन दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो ।
उनी आइतबार राति बुढानिलकण्ठस्थित आफान्तको घरवाट ११ दिन पछि पक्राउ परेका थिए । आइतवार पक्राउ परेका उनलाई आज सोमबार जिल्ला अदालतमा उपस्थित गरार्ईएको हो । उनी सोरहखुट्टेस्थित प्रहरी हिरासतमा रहेका छन् ।
प्रतिक्रिया