Logo

Breaking News 1

एमालेको केन्द्रिय समिति बैठक आज पनि, अध्यक्ष ओलीले जवाफ दिने



काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । गत बिहीबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो । शुक्रबार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो ।

जसअनुुुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ-आफनो क्षेत्रको प्रतिवेदन पेस गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल सुरु गरिएको थियो ।

आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ६ : ३० बजे