Logo

खेलकुद

आइपीएलमा राजस्थानले कोलकतालाई हरायो


२९ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । आईपीएलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

बिहीबार कोलकाताको घरेलु मैदानमा राजस्थानले कोलकातालाई ९ विकेटले पराजित गरेको हो । जितका लागि १ सय ५० रनको लक्ष्य राजस्थानले १३ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।

राजस्थानका लागि यशस्वी जैसवालले अविजित ९८ तथा कप्तान सन्जु सामसनले ४८ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

जितसँगै राजस्थान १२ खेलबाट १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको चेन्नई सुपर किङ्स दोस्रो स्थानमा रहँदा ११ खेलबाट १६ अंक जोडेको गुजरात टाइटान्स शीर्ष स्थानमा छ । सातौं स्थानमा रहेको कोलकाताको १२ खेलमा १२ अंक छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : २० बजे