Logo

विश्व

पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पक्राउ



काठमाडौं । पाकिस्ताका पूर्वविदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–एन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।

बीबीसीका अनुसार, एक भिडियो सन्देश जारी गर्दै कुरैशीले आफूलाई पक्राउ गर्नका लागि प्रहरी आइपुगेको बताएका छन्। ‘मलाई प्रहरी गिरफ्तार गर्न आएको छ। गिरफ्तारी दिनुअघि म एउटा सन्देश दिन चाहन्छु,’ भिडियोमा कुरैशीले भनेका छन्, ‘यो लडाईँ स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ।’

उनले पूर्वप्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन रोकिन नहुने पनि बताएका छन्। पूर्वप्रधानमन्त्री खान भ्रष्टाचार, आतकंवाद, अदालतको मानहानी, दंगालगायतको आरोपमा मंगलबार पक्राउ परेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ९ : ५४ बजे