Logo

खेलकुद

सन्दीप लामिछानको शल्यक्रिया सफल



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सफल भएको छ।

लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिँदै लामो समयपछि शल्यक्रिया सफल भएको र छिट्टै खेलमा फर्किने बताएका छन् ।

उनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद पनि दिएका छन् । क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार, ‘अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो ।

सन्दिप भोलि नै डिस्चार्ज हुनेछन् र आगामी खेलहरूमा नियमित रूपमा फर्किनेछन् । उनको आफ्नै चाहाना बमोजिम सर्जरी नेपाल नेशनल अस्पतालमा गराएका हुन ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : १८ बजे