Logo

विश्व

बेलायती राजा चार्ल्सको राज्याभिषेक सम्पन्न



काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उनलाई आर्चबिशपले भव्य समारोहबीच मुकुट लगाइदिएका हुन् । मुकुट ३६० वर्ष पुरानो रहेको र २२ क्यारेट सुनले बनेको छ ।

यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाएकी थिइन् । पत्नी रानी कमिलाका साथ चार्ल्र्स बकिङ्घम दरबारबाट समारोहका लागि निस्कँदा लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो ।

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए भने बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ३८ बजे