Logo

Breaking News 1

राष्ट्रपतिद्वारा मिटरब्याज समस्यासम्बन्धी अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष उक्त अध्यादेश पठाउने निर्णय गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा  मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । सरकारले मिटरब्याजपीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ४ : ५९ बजे