Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत ल्याइयो



काठमाडौ‌ं । ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याईएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा आज दिउँसो पक्राउ गरिएको थियो ।

पाण्डेमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति माग्ने तयारी गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालतले प्रहरीलाई सचिव पाण्डे माथी थप  अनुसन्धानका गर्नका लागि पहिलोपटक म्याद लिन खोजिएको हो ।

पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, आजै नेकपा एमालेका सचिव टोपबहादुर रायमाभःीलगायत बिरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ४ : ०६ बजे