काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि आइतबार प्रतितोला १०० रुपैयाँ बढेको सुनको भाउ साेमबार प्रतितोला २०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरिएको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको हो । आइतबार पनि सोही मूल्यमा चाँदी किनबेच भएको छ।
प्रतिक्रिया