Logo

Breaking News 1

नेपाललाई चौथो सफलता, यूएईको चौथो विकेट गुम्यो



काठमाडौं । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ । नेपालले यूएईविरुद्ध चौथो विकेट पनि लिन सफल भएको छ । नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्दै  यूएईको चौथो विकेट लिएका हुन् ।  यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

यससँगै यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आईपुगेको हो । नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ०९ बजे