Logo

Breaking News 1

आजकाे माैसम : पहाडी भेगमा वर्षाकाे सम्भावना



काठमाडाैं । आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेकाे छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : ३३ बजे