Logo

Breaking News 1

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ


१५ बैशाख २०८०, शुक्रबार  

322
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज सांसदको शपथ लिएका छन्।सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।

वैशाख १० मा भएको उपनिर्वाचनबाट लामिछाने र वाग्ले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने संघीय संसद सचिवालयले जनाएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने गत मंसिर ४ को चुनावबाट पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको थियो। लामिछाने सोही क्षेत्रबाट फेरि निर्वाचित भएका हुन्।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १२ : ०१ बजे