Logo

खेलकुद

आइपीएलमा कलकतासँग बैगलोर पराजित



काठमाडौं । आइपीएलमा कोलकता नाइट राइडर्ससँग रोयल च्यालेञ्जर्स बैगलोर २१ रनले पराजित भएको छ ।

बेंगलुरुमा भएको खेलमा कोलकताले दिएको २०१ रनको लक्ष्य पछ्याएको वैगलोर निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७९ रन मात्रै बनाउन सकेको हो । बैगलोरका लागि विराट कोहलीले सर्वाधिक ५४ रन बनाए ।

जीतसँगै कलकता सातौं स्थानमा उक्लेको छ भने वैगलोर भने पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ११ : ३३ बजे