Logo

प्रविधि

बुधबार र बिहिबार राती टेलिकमको सेवा अवरुद्ध हुने



काठमाडौँ । बुधबार र बिहीबार राति १२ बजेपछि नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने भएको छ ।

मोबाइल सेवाको कोर प्रणालीमा नियमित मर्मत सम्भार गनुपर्ने भएकोले बुधबार र बिहीबार राति १२ पछि छोटो अवधिका लागि जिएसएम सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

लामो समयसम्म कुनै ग्राहकको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको पावर अन–आफ गर्न समेत टेलिकमले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ११ : २८ बजे