काठमाडौं । मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग दुई करोड रुपैयाँ मागेको भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् । रास्वपाले समानुपातिकतर्फबाट सांसद बनेका श्रेष्ठलाई कारबाही गरेको सूचनाका आधारमा सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको केही बेरमा घोषणा गर्न लागेका हुन् ।
संघीय संसद् सचिवालयले आवश्यक निर्णय सिफारिस गरेर सभामुखलाई पत्र बुझाइसकेको छ । सभामुखले आजकै प्रतिनिधिसभा बैठकमा सोबारे जानकारी गराउने तयारी गरेका छन् । ‘आवश्यक सबै निर्णय भइसकेको छ । विशेष समय सकिएपछि सभामुखले त्यसको सूचना संसद्मा सुनाएपछि औपचारिक हुन्छ,’ संसद् सचिवालयका एक अधिकारीले बाह्रखरीसँग भने, ‘सूचना सुनाएपछि औपचारिक रूपमा पद रिक्त हुनेछ ।’
प्रतिक्रिया