Logo

खेलकुद

सन्दिपविरुद्धको मुद्दाको सुनुवाई स्थगित, अब कहिले ?



काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको हो ।

सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको वहस सकिएको र अझै केही अधिवक्ताको बहश बाँकी रहेका कारण सुनुवाइ स्थगित भएको हो । अर्को पेशी बैशाख २४ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : २४ बजे