Logo

खेलकुद

आइपीएलमा पञ्जासँग मुम्बई पराजित



काठमाडौं । आईपीएल क्रिकेटमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको छ ।

शनिबार घरेलु मैदान वनखेडे स्टेडियममा पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनायो ।

चौथो जितपछि ७ खेलबाट ८ अंक जोडेको पञ्जाब पाँचौ स्थानमा उक्लेको छ । शीर्ष चारमा रहेका राजस्थान, लखनउ, चेन्नाई र गुजरातको पनि समान ८ अंक नै छ ।

तेस्रो हार बेहोरेको मुम्बई ६ खेलबाट ६ अंकसहित सातौं स्थानमै छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : २१ बजे