Logo

समाचार

हतियारसहित महोत्तरीमा एक जना पक्राउ



वैसाख । हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलीरहेका एक जना पक्राउ परेका छन् । भरुवा बन्दुकको प्रयोग गरि वनमा वन्यजन्तुको सिकार खेलीरहेका बर्दिबास–१४ बस्ने भिम भनिने गणेश बहादुर मगर पक्राउ परेका हुन् ।

बिहीबार बेलुका केही ब्यक्तीहरू सिकार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासवाट खटिएको प्रहरी टोलीले हतियार फ्याकेर भाग्दै गरेको अवस्थामा मगरलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरले अर्को एक जना अविचन सदासमेत सग्लन भएको वयान दिएका छन् । प्रहरीले वन परिसरवाट झाडीमा लुकाइएको दुई थान भरुवा बन्दुक पनि फेला पारेको छ ।

एउटा बन्दुकमा एक राउन्ड फायरिङ्ग गरेको अर्कोमा तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरिले जानकारी दिए ।

तयारी अवस्थामा रहेको बन्दुकलाइ प्रहरीले डिस्पोज गरेको छ भने हातहतियारमा प्रयोग हुने सामाग्रीसहित दुई नाल बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका मगरलाइ भने इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ९ : ४८ बजे